Madhes Khabar
समाचार हेडलाइन

निजामती कर्मचारी संगठन मधेस प्रदेशकाे उपाध्यक्षमा पर्साका कुशवाहा निर्वाचित

वीरगन्ज,२६माघ:नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन मधेस प्रदेशकाे उपाध्यक्षमा पर्साका राज कुशवाहा सर्वसम्मत चयन भएका छन्।शनिबार जनकपुरमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन मधेस प्रदेशकाे दाेस्अराे अधिवेशनबाट उपाध्यक्षमा कुशवाहा सर्वसम्मत चयन भएका हुन्।वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी कुशवाहा हाल पर्साकाे जिराभवानी गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन्।

यस्तै संगठनकाे मधेस प्रदेश अध्यक्षमा भने धनुषाका जीतनारायण भगत सर्वसम्मत चयन भएका छन्।अधिवेशनबाट सर्वसम्मत चयन १९ सदस्यीय मधेस प्रदेश समितिकाे सचिवमा पर्साकै आशुतोष कुशवाहा चयन भएका छन् ।उनि हाल जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत छन्।

यस्तै संगठनकाे मधेस प्रदेश सदस्यमा पर्साकै कयश हुसेन र राेहित चाैहानपनि सर्वसम्मत चयन भएका छन्।हुसेन वीरगन्जको नारायणी अस्पतालमा र चाैहान जिल्ला हुलाक कार्यालय पर्सामा कार्यरत छन्।

शनिबार जनकपुरमा संगठनकाे मधेस प्रदेशकाे दाेस्राे अधिवेशन नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री याेगेश भट्टराईकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

Related posts

बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत

MadhesKhabar

नबिल बैंक चोरी प्रकरणको यथार्थ विवरण सार्वजनिक गर्न प्रहरीले किन गर्दैछ आलटाल ?

MadhesKhabar

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment