वीरगञ्ज, फागुन १० – , वीरगञ्जले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत लाई २ सेट कम्प्युटर र युपिएस हस्तान्तरण गरेको छ।
वीरगञ्ज–१५ स्थित कलेजको सम्मेलन हलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारीले उक्त सामग्री प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो। कम्प्युटरसँगै आवश्यक सम्पूर्ण एक्सेसरिजसमेत प्रदान गरिएको जनाइएको छ।
कलेजले प्रविधिगत पूर्वाधार सुदृढ गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग गरिएको स्पष्ट पारेको छ। यस सहयोगले प्रदेश प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन तथा सूचना व्यवस्थापन प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा एडमिसन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायत मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कलेजले शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान दिँदै सुरक्षा निकायसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ।

