Madhes Khabar
शिक्षा समाज हेडलाइन

लायन्स क्लबले बाराका १०० विद्यार्थीलाई दियाे वर्षभरि पुग्ने शैक्षिक सामग्री

वीरगन्ज,१६पुष: लायन्स क्लबले स्वर्ण जयन्तीको उपलक्ष्यमा बाराकाे एक नयाँ सामुदायिक विद्यालयमा एक वर्षभरिलाई नै पुग्ने गरी स्टेशसनरी, खेलकुद लगायतका शैक्षिक सामग्री सहयाेग गरेकाे छ।

लायन्स क्लबले बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनियामा हालै स्थापित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना बालबालिकालाई १ वर्षभरिका लागि पुग्ने गरी स्टेशनरी,स्कुल ब्याग,खेलकसद , ह्वाइट बाेर्ड लगायतका शैक्षिक सामग्री सहयाेग गरेकाे हाे।

साेमबार अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन विद्यालयमा पुगेर लायन्स क्लबका पदाधिकारी , समाजिक अभियन्ता प्रकाश थारु लगायतको टाेली ती सामग्री प्रदान गरेका हुन् ।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , सदस्य , प्रधानाध्यापक ,शिक्षक, वडाध्यक्ष मनाेज यादव, वडा सदस्य मन्जुर आलम , विद्यार्थी , अभिभावक लगायतकाेपनि उपस्थिति रहेको थियाे।

Related posts

मंगलबार मासु–माछा नखाने चलनले तराई–मधेसमा होली भोली मनाइने

MadhesKhabar

विरासत जोगाउने मात्र होइन नयाँ इतिहास रच्दै प्रदीप यादव

MadhesKhabar

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

Leave a Comment