Madhes Khabar
शिक्षा समाज हेडलाइन

लायन्स क्लबले बाराका १०० विद्यार्थीलाई दियाे वर्षभरि पुग्ने शैक्षिक सामग्री

वीरगन्ज,१६पुष: लायन्स क्लबले स्वर्ण जयन्तीको उपलक्ष्यमा बाराकाे एक नयाँ सामुदायिक विद्यालयमा एक वर्षभरिलाई नै पुग्ने गरी स्टेशसनरी, खेलकुद लगायतका शैक्षिक सामग्री सहयाेग गरेकाे छ।

लायन्स क्लबले बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनियामा हालै स्थापित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना बालबालिकालाई १ वर्षभरिका लागि पुग्ने गरी स्टेशनरी,स्कुल ब्याग,खेलकसद , ह्वाइट बाेर्ड लगायतका शैक्षिक सामग्री सहयाेग गरेकाे हाे।

साेमबार अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन विद्यालयमा पुगेर लायन्स क्लबका पदाधिकारी , समाजिक अभियन्ता प्रकाश थारु लगायतको टाेली ती सामग्री प्रदान गरेका हुन् ।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , सदस्य , प्रधानाध्यापक ,शिक्षक, वडाध्यक्ष मनाेज यादव, वडा सदस्य मन्जुर आलम , विद्यार्थी , अभिभावक लगायतकाेपनि उपस्थिति रहेको थियाे।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघले दियो फ्रिज र इलेक्ट्रीक हट ब्याग

MadhesKhabar

पर्साको दलित बस्तीमा पनि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

MadhesKhabar

शिक्षा पूर्ण रुपमा निःशुल्क भयो भने वालविवाह र दाइजो कुप्रथा रोक्न सकिन्छ

MadhesKhabar

Leave a Comment