Madhes Khabar
समाज

वीरगन्जको मदरसाका विद्यार्थीहरुलाई महिला हिंसा र सडक दुर्घटना न्युनिकरणबारे सचेतना कार्यक्रम

वीरगन्ज,२३ वैशाखः वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको मदरसा तौहिदुल इस्लाम सलफियामा अध्ययनरत विद्यार्थीहरुलाई महिला हिंसा र ट्राफिक सचेतनासम्बन्धि अभिमुखीकरण गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक दुर्घटना न्यूनीकरण एवं महिला हिंसा न्यूनीकरण सचेतना मुलक कार्यक्रममा सहभागी मदरसाका करिब १५० जना छात्र र छात्राहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल र जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक सोनी नेमाफुकीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा मदरसाका छात्र र छात्राहरुलाई बाल विवाह र दाइजो जस्ता कुप्रथाका कारण समाजमा बढिरहेको विकृतिका बारेमा जानकारी गराउनुका साथै बालबालिकासंग हुने घरेलु हिंसा,गाँउघरमा हुने महिला हिंसा न्युनिकरणका बारेमा पनि जानकारी गराइएको थियो ।यस्तै सडकमा ट्राफिक नियमको पालना कसरी गर्ने , ट्राफिक चिन्ह एवं सडक लेन कसरी पार गर्ने बारेमा पनि जानकारी गराइएको कार्यक्रमको संयोजन गरेका दिलीपराज कार्कीले जानकारी गराए ।

स्टार युथ क्लबका अध्यक्ष सम्साद अलीको अध्यक्षता तथा ट्राफिक प्रहरी निरीक्षक कटुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मदरसाका प्रधानाध्यापक अकबर हवारीका साथै स्थानीय समाजसेवी, युवा अभियान्ता लगायतकाको पनि सहभागिता रहेको थियो।

Related posts

लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

MadhesKhabar

शिक्षा पूर्ण रुपमा निःशुल्क भयो भने वालविवाह र दाइजो कुप्रथा रोक्न सकिन्छ

MadhesKhabar

वीरगन्जमा रास्वपाद्वारा आयाेजित रक्तदान कार्यक्रममा १११ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment