Madhes Khabar
समाज हेडलाइन

ठोरीको वृद्धाश्रममा उपकार सेवा नेपालको सहयोग


वीरगंज १८,माघः ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धाश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा तथा बालबालिकाहरूलाई लक्षित गर्दै उपकार सेवा नेपालले यस महिनामा पनि राहत सामग्री वितरण गरेको छ।

आश्रममा रहेका १७ जना आश्रितका लागि संस्थाले दैनिक उपभोग्य सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। संस्थाले ९० किलो चामल (३ बोरा), १० किलो साबुन, १० किलो चिउरा, ५ लिटर खाने तेल, ५ किलो मसुर दाल, ४ लिटर रिफाइन तेल, ५ किलो नुनसहित ट्राउजर, टी–सर्ट, फलफूल र मिठाई वितरण गरेको जनाएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा आश्रमका सदस्य राम बहादुर थिङको उपस्थितिमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले सामग्री प्रदान गरेका थिए ।

उपकार सेवा नेपालले उक्त वृद्धाश्रममा प्रत्येक महिनामा नियमित रूपमा सहयोग गर्दै आएको अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

Related posts

वीरगन्जको मेयर वा वडाध्यक्षको उम्मेदवार हुँ भन्दै प्रचार प्रसार नगर्न रास्वपा पर्साको निर्देशन

MadhesKhabar

पोखरियामा ५० जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण

MadhesKhabar

वीरगन्ज आएर शेखर काेइरालाले भने :कांग्रेस-एमाले मिलेर सत्ता चलाउने मेराे प्रयास बल्ल सफल भयाे

MadhesKhabar

Leave a Comment