Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जको मेयर वा वडाध्यक्षको उम्मेदवार हुँ भन्दै प्रचार प्रसार नगर्न रास्वपा पर्साको निर्देशन

वीरगन्ज,७चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसैले पनि आँफुलाई वीरगन्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार बताउँदै प्रचार प्रसार नगर्न पार्टीका नेताकार्यकर्ताहरुलाई सचेत गराएको छ ।

फागुन २१ को निर्वाचनबाट पर्सासहित देशैभरबाट रास्वपाको झण्डै दुई तिहाई बहुमत आएलगत्तै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट रास्वपाका केहि युवा नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा आँफु वीरगन्ज महानगरको मेयर र वडाध्यक्ष पदको उम्मेदवार बन्ने प्रचार प्रसार गर्दै र गराउँदै आएका छन् ।

त्यसैलाई लक्षित गरि शनिबार रास्वपा पर्साले एक प्रेस विज्ञप्ति नै जारी गरेर त्यस्ता प्रचार प्रसार नगर्न सचेत गराएको हो ।
रास्वपा पर्साका सचिव सुदिश प्रजापतिले विज्ञप्ति जारी गर्दै रास्वपा पर्साले कसैलाइ पनि कुनैपनि पदको उम्मेदवार निश्चित नगरेकोले त्यस्ता गलत, भ्रामक र कपोल–कल्पित कुराहरुमा विश्वास नगर्न तथा त्यस्ता व्यक्ति तथा समुहबाट सावधान रहन समेत अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ–विगत केहिदिन यता केही व्यक्ति तथा समुहहरुले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वीरगन्ज महानगरपालिका लगायत अन्य पालिकाहरुको मेयर एंव वडाअध्यक्ष पदको उम्मेदवार हु भने फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालहरु बाट प्रचार प्रसार गरिरहेको पाइएकोले आजको मिति देखि त्यस्ता गलत क्रियाकलापहरु नगर्न तथा नगराउन सचेत गराउँदछौ ।

 

Related posts

पर्सा–२ का युवा उम्मेदवार कानुलाई समर्थन गर्दै प्रदेशसभाका उम्मेदवार लामा रास्वपमा प्रवेश

MadhesKhabar

पर्सा-४ का सांसद शाक्यले ठाेरीसहित ६ वटै पालिकाका समस्याबारे गराए प्रधानमन्त्रीकाे ध्यानाकर्षण

MadhesKhabar

वीरगन्जको नारायणी क्रिकेट मैदानमा एलिट कपको तयारी तिब्र,मेयर सिंहले पनि गरे निरीक्षण

MadhesKhabar

Leave a Comment