Madhes Khabar
राजनीति

पर्सा–२ का युवा उम्मेदवार कानुलाई समर्थन गर्दै प्रदेशसभाका उम्मेदवार लामा रास्वपमा प्रवेश

वीरगन्ज,११ फागुनः २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क) मा प्रदेश सभा सदस्यमा चुनाव लडेर सम्मानजनक मत ल्याएका विनोद लामा रास्वपामा प्रवेश गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाउँदै लामा रास्वामा प्रवेश गरेका हुन् ।

लामा,२०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को क मा स्वतन्त्र उम्मेदवार बनेर १ हजार २८८ मत ल्याएका थिए । सोमबार पर्सागढी गरपालिका वडा नम्बर ४ बर्वाटाडीमा आयोजित रास्वपा उम्मेदवार कानुको चुनावी सम्पर्क कार्यलय उदघाटन कार्यक्रममा लामासंगै त्यहाँका अन्य दर्जनौ युवाहरुपनि रास्वपमा प्रवेश गरेका छन् ।

कार्यक्रममा रास्वपा उम्मेदवार कानुको हातबाट अबीरु टीका लगाएर घण्टी बजउँदै रास्वपामा प्रवेश गरेका लामाले परिवर्तन र सुशासनको संवाहक रास्वपा मात्रै भएकाले आँफुले रास्वपामा प्रवेश गरेको बताए ।

यसका साथै पर्सा –२ मा रास्वपाका उम्मेदवार सुशील कानुपनि युवा भएको र अब देश हाँक्ने नेतृत्व युवाले मात्रै सम्हाल्न सक्ने भएको भन्दै उनले युवा उम्मेदवार कानुलाई जिताउन आह्वानपनि गरे ।

 

कार्यक्रममा रास्वपा उम्मेदवार कानुले क्षेत्रका प्रभाशाली नेता लामाको प्रवेशले पर्सा–२ मा रास्वपा थप बलियो बनेको र यसको नतिजा फागुन २१ को परिणामले देखाउने बताए ।

Related posts

देशलाई अब नयाँ सोच र नयाँ नेतृत्व चाहिएको छ :रास्वपा उम्मेदवार कानु

MadhesKhabar

पर्सावासीको शीर कहिल्यै पनि झुक्न दिएको छैन : प्रदीप यादव

MadhesKhabar

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका दुई नेताले छाडे पार्टी

MadhesKhabar

Leave a Comment