Madhes Khabar
राजनीति

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका दुई नेताले छाडे पार्टी

काठमाडौं,२३कात्तिक: उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले पार्टी छाडेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरूलाई फर्किन आह्वान गरेकै बेला लुम्बिनी प्रदेशका दुई जना नेताले पार्टी छाडेका हुन् ।

तराई/थरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेशका कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन् ।

पार्टीभित्र नेतृत्वको हैकमवादी चरित्र एवं विधि र विधानको बेवास्ता गर्दै पार्टीमा गुटगत राजनीति हाबी भएको भन्दै उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

Related posts

वीरगंजमा जसपा छाडेर सयौं नेता–कार्यकर्ता प्रदीप यादवको नेतृत्वमा एमालेमा प्रवेश

MadhesKhabar

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि

MadhesKhabar

संविधान दिवसमा वीरगन्जमा जसपाले शहिदको शालीकमा माल्यापर्ण कार्यक्रम गर्ने

MadhesKhabar

Leave a Comment