Madhes Khabar
राजनीति समाचार

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि


मधेशखबर
वीरगंज असाढ २८ , २०७९ प्रतिनिधि सभाको बुधबार बस्न लागेको बैठकमा नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।

त्यस्तै उक्त विधेयक माथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साभार अनलाईनखबर

Related posts

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

विनाशकारी बाढीमा बेपत्ता पर्साका नागरिकको शीघ्र उद्धार गरिदिन सरकारसगँ सांसद पन्तको आग्रह

MadhesKhabar

छिपहरमाईका विभिन्न वडामा पुगेका कांग्रेस उम्मेदवार रिजाललाई मतदाताले गरे स्वागत र समर्थन

MadhesKhabar

Leave a Comment