Madhes Khabar
राजनीति

छिपहरमाईका विभिन्न वडामा पुगेका कांग्रेस उम्मेदवार रिजाललाई मतदाताले गरे स्वागत र समर्थन

वीरगन्ज ८,फागुनः पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले शुक्रबार छिपहरमाई गाउँपालिकाका विभिन्न वडामा घरदैलो गर्दै मतदातासंग भेटघाटपनि गरेका छन्।

शुक्रबार कांग्रेस नेताकार्यकर्तासहित रिजालले वडा नम्बर ३ को जयमंगलापुर झलहिया र बुडगाई तथा वडा नम्बर १ का विभिन्न टोलमा चुनावी घरदैलो गरेका हुन् । त्यसक्रममा रिजाललाई स्थानीय मतदाताले स्वागत र समर्थन जनाएका थिए ।

घरदैलोका क्रममा रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको समस्या, सुझाव तथा अपेक्षा सुनेका थिए। रिजालले आँफू विगतदेखि नै जनताको सेवामा समर्पित रहँदै आएको बताए ।अबका दिनमा पनि जनताकै हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

चुनावी घरदैलो कार्यक्रममा प्रदेशका वनमन्त्री शंकर चौधरी,जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, कांग्रसको प्रचार विभाग प्रमुख धर्मेन्द्र पटेल लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

फेटामा चुनावी घरदैलोमा पुगेका किसान र सोनललाई मतदाताको समर्थन

MadhesKhabar

बारा-२ मा उपेन्द्र यादवलाई जनताले हराउनु पर्छ : सिके राउत

MadhesKhabar

जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ

MadhesKhabar

Leave a Comment