Madhes Khabar
कृषि राजनीति

साउनको पहिलो हप्ता मल आइपुग्छ  : कृषि मन्त्री यादव

मधेसखबर
वीरगन्ज,२९असार संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादवले साउनको पहिलो हप्ता रासायनिक मल नेपाल आइपुग्ने बताएका छन्।

वीरगन्जमा बुधबार देखि शुरू जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै कृषि मन्त्री यादवले ३० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो हप्ता नेपाल आइपुग्ने बताएका हुन् ।

उनले भने, ‘तत्कालका लागि ३० हजार मेट्रिक टन युरिया मल ओमानबाट हिँडिसकेको छ केही दिनमा भारतको कोलकाता बन्दरगाहमा पुग्छ अनि त्यहाबाट साउनको पहिलो हप्तामा वीरगन्ज आइपुग्छ।’

यस बाहेक साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खरिद गरेको थप २० हजार मेट्रिक टन युरिया मल पनि छिट्टै आइ पुग्ने उनले बताए।

कृषि मन्त्री यादवले जी टु जी मार्फत मल ल्याउने सम्झौता गरिएको भएपनि भारतसंग केहि कुरामा उल्झन भएकाले समस्या उत्पन्न हुदा मल आयतमा बिलम्ब भएको भन्दै तर भारतसंग हिजो अस्ति मात्रै फाइनल सम्झौता भइसकेकाले अब मलको समस्या नहुने बताए।

Related posts

रवि लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमा रहने

MadhesKhabar

महिला फुटबल टोलीकी कप्तान साम्बाको उपचारका लागि कांग्रेसले दियो ५ लाख

MadhesKhabar

पर्सामा जसपाका केन्द्रिय र प्रदेश सदस्य सहित ६९ जनाले पार्टी छाडे

MadhesKhabar

Leave a Comment