Madhes Khabar
कृषि राजनीति

साउनको पहिलो हप्ता मल आइपुग्छ  : कृषि मन्त्री यादव

मधेसखबर
वीरगन्ज,२९असार संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादवले साउनको पहिलो हप्ता रासायनिक मल नेपाल आइपुग्ने बताएका छन्।

वीरगन्जमा बुधबार देखि शुरू जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै कृषि मन्त्री यादवले ३० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो हप्ता नेपाल आइपुग्ने बताएका हुन् ।

उनले भने, ‘तत्कालका लागि ३० हजार मेट्रिक टन युरिया मल ओमानबाट हिँडिसकेको छ केही दिनमा भारतको कोलकाता बन्दरगाहमा पुग्छ अनि त्यहाबाट साउनको पहिलो हप्तामा वीरगन्ज आइपुग्छ।’

यस बाहेक साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खरिद गरेको थप २० हजार मेट्रिक टन युरिया मल पनि छिट्टै आइ पुग्ने उनले बताए।

कृषि मन्त्री यादवले जी टु जी मार्फत मल ल्याउने सम्झौता गरिएको भएपनि भारतसंग केहि कुरामा उल्झन भएकाले समस्या उत्पन्न हुदा मल आयतमा बिलम्ब भएको भन्दै तर भारतसंग हिजो अस्ति मात्रै फाइनल सम्झौता भइसकेकाले अब मलको समस्या नहुने बताए।

Related posts

वीरगन्ज चिनी कारखाना सञ्चालन गर्न सकिने संसदीय टोलीको निष्कर्ष

MadhesKhabar

पर्साबाट कांग्रेसका जनार्दन सिंह क्षेत्री मधेस सरकारको मन्त्री बन्ने पक्का

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

Leave a Comment