Madhes Khabar
राजनीति

वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्छौं, सामूहिक थुनामा जान तयार छौं : लिङ्देन

काठमाडौं,४बैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रम अनुसार वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकले बैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ भने उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरू पुग्दै संगठनलाई मजबुत र आन्दोलन केन्द्रित गर्ने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए।

त्यस्तै बैठकले चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रविन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहा गर्न माग गरेको छ। आफ्ना नेताको रिहाइका लागि कानुनी तथा राजनीतिक दुवै लडाइँलाई सशक्तरूपमा लैजाने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए। उनले पार्टीका सबै आन्दोलनका कार्यक्रमलाई व्यवस्थित गर्न विशेष कमिटी बनाउने निर्णय भएको बताए।

उनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको धारणा राखे। निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको उनले बताए।साभार:अन्नपूर्णपाेष्ट

Related posts

एमालेका वडा अध्यक्ष उम्मेद्वार सर्राफ लाेसपा प्रवेश, साेनल र श्रेष्ठले गरे स्वागत

MadhesKhabar

पर्सा–१ मा जनमतका उम्मेदवार सर्राफले सार्वजनिक गरेका १२ बुँदे चुनावी एजेन्डामा के के छन् ?…

MadhesKhabar

जसपा पर्साको ४ वटै क्षेत्रका इन्चार्ज चयन

MadhesKhabar

Leave a Comment