Madhes Khabar
राजनीति

पर्सा-४ का सांसद शाक्यले ठाेरीसहित ६ वटै पालिकाका समस्याबारे गराए प्रधानमन्त्रीकाे ध्यानाकर्षण

वीरगन्ज,१८चैत: मधेस प्रदेशका सांसदहरुसंग प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे छलफलमा पर्सा-४ का सांसद टेकबहादुर शाक्यले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका ६ वटै पालिकाका समस्याहरु बारे  लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराएका छन्।

 

सिंहदरबारमा बुधबार भएको छलफलका क्रममा सांसद शाक्यले विशेषगरि ठोरीको डेढुखोला र इच्छानगरमा पुल तथा जिराभवानी–१ वलुवाको पुलको अभावका कारण नागरिकले कठिनाइ भोग्नु परेको बताए ।यस्तै भिस्वा,जानकीटाेला र ठाेरीकाे छोटी भन्सार कार्यालयकाे स्तरोन्नति तथा अधुरो हुलाकी राजमार्गलाई पूर्णता दिन सकिए जनताको जीवनस्तरमा व्यापक परिवर्तन आउने उनले बताए ।

 

यसैगरी, ठोरी क्षेत्रमा कृषकहरूको जीवनस्तर उकास्न राप्ती सिँचाइ आयोजना तथा ठुटेखोला सिँचाइ परियोजनाको डीपीआर तयार गरी शीघ्र कार्यान्वयन गर्न सके कृषिमा ठूलो परिवर्तन आउने र हजारौं किसानको जीवनस्तर उकासिने उनले बताए ।

 

सांसद शाक्यले विगतका सरकारहरूको ढिलासुस्तीका कारण अधुरै रहेका अस्पताल तथा खानेपानी आयोजनाहरू हालसम्म अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै ती परियोजनाहरूलाई प्राथमिकताका साथ छिटो सम्पन्न गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए ।

जिराभवानी, जगरनाथपुर, धोबिनी, कालिकामाई र छिपहरमाई गाँउपालिकाका जनताले भाेगिरहेका समस्याका बारेमा पनि शाक्यले प्रधानमन्त्री शाहकाे ध्यानाकर्षण गराए ।

Related posts

कांग्रेसको महासमिति बैठक मधेसमा गर्न केन्द्रिय सदस्यहरुको प्रस्ताव

MadhesKhabar

पर्सामा जसपा, एमाले र रास्वपा परित्याग गरी ६५१ जना नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

महिला नै उपराष्ट्रपति हुनुपर्ने मागसहितकाे रिट सर्वाेच्च अदालतमा दरपिठ

MadhesKhabar

Leave a Comment