वीरगन्ज,९माघ:बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा मंगलबार लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीको आयोजनामा नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
परवानीपुर गाउँपालिकाको सहकार्यमा आयाेजित भएकाे शिविरमा १४८ जनाले आँखा चेकजाँच गराएकाेमा ३२ जनामा मोतियाबिन्दुकाे समस्य फेला परेको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन्।उनिहरु सबै जनाकाे यही माघ १९ गते नि:शुल्क शल्यक्रिया गरिने खातुनले बताइन् ।
शिविरमा माट्रिका आई फाउन्डेसनका अप्टोमेट्रिक्स डाक्टर मनिषा पटेल सहितकाे टाेलीले आँखाकाे चेकजाँच गरेकी थियाे।
शिविरमा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री प्रसाद पटेल, उपाध्यक्ष सुगान्धी देवी कनुइन्,वडाध्यक्ष इब्राहीम देवान, लायन्स क्लब अफ वीरगन्जज सेन्ट्रल सिटीका सचिव सुशीला साह, माट्रिका आई फाउन्डेसनका मनोरञ्जन यादव, राजेश चौधरी लगायतकोपनि उपस्थिति रहेको थियो ।

