Madhes Khabar
समाज

पर्साका दलित युवा अभियन्ता मनोज राम काठमाडौंमा नगद ५० हजारसहित सम्मानित

वीरगन्ज,१७ जेठः पर्साका दलित युवा अभियन्ता मनोज रामलाई काठमाडौंमा नगद ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।
काठमाडौमा आइतबार आयोजित रण–अम्बिका शाह सेवा गुठी नेपालको तेस्रो वार्षिक उत्सव कार्यक्रममा रामलाई गुठीले नगद ५० हजार राशीको रण–अम्बिका शाह सेवा सहयोग पुरस्कारबाट सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत प्रा. डाक्टर जयराज आचार्यले रामलाई दोशल्ला ओढाउँदै नगद ५० हजार रुपैया राशीको पुरस्कार प्रदान गरे ।

दलित समुदायको समग्र समुन्नतिका लागि शिक्षासंगैं परोपकारी कार्य,दलित तथा सीमान्तकृत समुदायको अधिकार, शिक्षा तथा सामाजिक न्यायको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका युवा अभियन्ता रामलाई सम्मानित गरिएको रण–अम्बिका शाह सेवा गुठी नेपालका अध्यक्ष डाक्टर चिन्तामणी नाथ योगीले जानकारी दिए ।

सम्मानित रामले पर्साका विभिन्न चार स्थानका दलित वस्तीमा दलित समुदायका बालबालिकाकाका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएका छन् । ती निःशुल्क ट्युसन कक्षामा दलित समुदायका १ हजार बढी बालबालिकाहरु अध्ययनरत रहेका छन् । यसका साथै उनले मानव अधिकार, सामाजिक न्याय, विभेद अन्त्य तथा दलित समुदायमाथि हुने अन्यायविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएका छन् ।

Related posts

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

पाेखरियाका एक युवकले आफ्नो जन्मदिनमा विद्यालयका छात्राहरुलाई बाँडे कपडा र शैक्षिक सामग्री

MadhesKhabar

वीरगन्जका दुई स्थानमा आयोजित कार्यक्रममा ११८ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment