वीरगन्ज,३कार्तिक : वीरगन्ज महानगरपालिकाका दुई छुट्टा छुट्टै स्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १ सय १८ जनाले रक्तदान गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक र वडा नम्बर २१ परवानीपुरको चोर्नीमा आयोजित रक्तदान कार्यक्रममा दुई जना महिलासहित ११८ जनाले रक्तदान गरेका हुन् ।
गण्डक चोकमा न्यु राव ईन्टरप्राइजेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ८४ जनाले रत्तःदान गरे । उक्त कार्यक्रममा रामसिंह पटेल,दिपक साह कानु,चन्दन पासवान,रमेश कुमार केसी, राजु साह कानु,अजय साह, सन्दीपकुमार कुर्मी,धिरजकुमार सिंह,रबिन्द्र साह कानु,रामराजा यादव ,हरिकृष्ण पटेल, रामबाबु पटेल,लालबाबु साह कानु ,कृपा कुमार कुर्मी लगायतकाले रत्तःदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।
डा. एइ. अन्सारीको प्रमुख आतिथ्यता तथा न्यु राव ईन्टरप्राइजेजका रामसिंह पटेलको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
यस्तै वीरगन्ज–२१ परवानीपुरको चोर्नीमा दृष्टि युवा क्लबले आफनो पहिलो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १ महिलासहित ३४ जनाले रक्तदान गरेका हुन् । उक्त रक्तदान कार्यक्रममा सुधिर पटेल, बलिराम राम, रामनरेश महतो,राजु मन्डल,कृष्ण कुमार पटेल,प्रधुमन मन्डल, रामदरश पण्डित , प्रदीप मन्डल , सन्तोष राम , मुन्ना हजरा,श्रीकान्त पटेल लगायतकाले रत्तःदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
युवा नेता सुधिर पटेलको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष विशाल पासवानको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता,मनिष कुमार गुप्ता, नितेश यादव , प्रशान्त कुमार , मन्दिप पटेल, राजेन्द्र भट्टराई लगायतकाको पनि उपस्थिती थियो।

