वीरगन्ज,१३भदौंःवीरगन्जमा मानव सेवा आश्रम वीरगन्ज शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका छन् । मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा २ महिलाासहित १८ जनाले रगत दान गरेका हुन् ।
वीरगन्जको क्लासिक व्यान्केटमा आयोजित रक्तदान कार्यक्रममा कामाक्षी गुप्ता, नूतन सरावगी, राजेन्द्र भट्टराई, दिपेश तमांग ,अशोक साह , श्याम कार्की लगायतले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकूलपति डा. दीपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, नेपाली सेनाका कर्णेल निराजन कटुवाल लगायतकोपनि उपस्थिती थियो ।

