वीरगन्ज,१३साउनःवीरगन्जको पावर हाउस चोकबाट मंगलबार मानव सेवा आश्रमले मानसिक अवस्था कमजोर भएका एक जना बेसहारा पुरुषको उद्धार गरेको छ ।
सडकमै बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षका पुरुषको मानव सेवा आश्रमको टोलीले मंगलबार दिउँसो करिब १२ः४५ बजे उद्धार गरेको हो । आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी वरिष्ठ हवल्दार दिनेश यादवसहितको टोलीले आफ्नो नाम ठेगानासमेत बताउन नसक्ने ती पुरुषको उद्धार गरेर मानव सेवा आाश्रमको वीरगन्ज शाखामा लगेर राखेको छ ।
आश्रममा पुर्याइएपछि ती पुरुषलाई सरसफाई र नुहाइ दिएको भन्दै गुप्ताले अब उनलाई मनोरोग विशेषज्ञ डाक्टर भरत गोइतको निगरानीमा औषधि उपचारपनि गरिने जानकारी दिए ।

