Madhes Khabar
समाज हेडलाइन

रुङ्गटा वेलफेयर साेसाइटीकाे वार्षिकाेत्सवमा पर्सा र बाराका विद्यालयहरुलाई पंखा, ब्याग र कापी सहयाेग

मधेसखबर
वीरगन्ज ,१३ माघ : रुङ्गटा वेलफेयर साेसाइटीले पर्सा र बाराका एक दर्जन भन्दा बढी सामुदायिक विद्यालयहरुलाई विभिन्न सामाग्री सहयाेग स्वरुप प्रदान गरेकाे छ ।

संस्थाकाे ११ ओैं वार्षिकोत्सवका अवसरमा साेसाइटीले पर्सा र बाराका गरि १४ वटा सामुदायिक विद्यालयलाई ९५ थान विद्युतीय पंखा, ६ सय३५ थान स्कुल ब्याग र १ हजार ४ सय थान कापी प्रदान गरेकाे हाे । शुक्रबार वीरगन्जमा आयाेजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि पूर्व वनमन्त्री एंव प्रतिनिधि सभा सदस्य प्रदीप यादवले संस्थाकाे तर्फबाट विद्यालयका प्रतिनिधीहरुलाई ती सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बाेल्दै पूर्वमन्त्री यादवले स्थापनाकाल देखि नै पराेपकारी काम गर्दै मुलुकमा एउटा छुट्टै पहिचान बनाउन सफल रुङ्गटा वेलफेयर साेसाइटीकाे सिकाे अरु संघसंस्थाले पनि गर्नुपर्नेमा जाेड दिए ।उनलेमधेसमा शितलहर, छठ पर्व लगायतका बेला पनि दिनदुखीहरुका लागि सहयाेग गर्दै आएकाे साेसाइटीलाई आगामी दिनमा पनि पराेपकारी कार्यलाई निरन्तरता दिन सुझाव दिए।

साेसाइटीका अध्यक्ष मुरलीधर रुङ्गटाकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष गाेपाल केडिया, उद्योगपति अशाेक वैद्य , वीरगन्ज ५ का वडाअध्यक्ष प्रदीप चाैरसिया, वीरगन्ज ६ का जयप्रकाश अग्रवाल , साेसाइटीका काेषाध्यक्ष सुरेश रुङ्गटा लगायतकाे पनि उपस्थिति रहेकाे जसपाका युवा नेता सराेज यादवले जानकारी दिए ।

Related posts

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

MadhesKhabar

वीरगन्जमा युवा वचनले गरेकाे कार्यक्रममा ७५ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जकाे मेनराेड विस्तार विवाद : मन्त्रिपरिषदकाे निर्णय झिकाउन सर्वाेच्चकाे आदेश

MadhesKhabar

Leave a Comment