Madhes Khabar
राजनीति हेडलाइन

शिवचन्द्र कुशवाहालाई सिके राउतले गरे कारबाही, पार्टीको साधरण सदस्यबाट निष्कासित

वीरगन्ज, ४ साउन : बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपपेन्द्र यादवविरुद्ध चुनाव लडेका शिवचन्द्र कुशवाहालाई जनमत पार्टीले साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै कुशवाहासहित पाँच जना नेतालाई कारबाही गरेको हो ।
जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । उनीहरूलाई पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।

कारबाहीमा परेकामध्ये कुशवाहा बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको हो । कुशवाहामाथि अनुशासनहीन काम गरेको र नेतृत्वविरुद्ध लागेको आरोप छ । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले जनमत पार्टीमा भित्रयाएका थिए ।

यस्तै सप्तरीका मण्डल र खड्कालाई १ वर्षका लागि निलम्बन गरिएको छ । यसैगरि केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको तथा गुटबन्धी गरेको भन्दै रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको छ ।
यस्तै कपिलवस्तु घर भएका भगवान दास यादव पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बनमा परेका छन् ।

Related posts

सरकारी विद्यालयका शिक्षकले अन्यत्र काम गरे कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

हत्याको योजना बनाइरहेकै बेला हतियारसहित पाँच जना बारामा पक्राउ

MadhesKhabar

वीरगन्ज भन्सार नाकामा सशस्त्र प्रहरीले जनतालाई दु:ख दियाे : मानव अधिकार समाज

MadhesKhabar

Leave a Comment