Madhes Khabar
राजनीति

संविधान दिवस : वीरगन्जमा विरोध प्रदर्शन गरेका जनमत पार्टीका अध्यक्ष सर्राफसहित ६ जना पक्राउ

वीरगन्ज,३असोजःसंविधान दिवसको दिन संविधान संशोधनको माग राख्दै वीरगन्जमा बिहीबार साँझ प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घण्टाघर चोकमा जनमत पार्टीका नेताकार्यकर्ताहरुले संविधान संशोधनका लागि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका बेला प्रहरीले जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफसहित ६ जना नेताकार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफ, केन्द्रिय सदस्य सीमा गुप्ता,युवा नेताहरु सन्जय सिंह,सन्जय साह,चञ्चल साह र रामबाबु चौरसिया रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

घण्टाघर चोकमा संविधान दिवसको दिन संविधान संशोधनको माग राख्दै आँफुहरुले शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेका बेला प्रहरीले दमन गर्दै आँफुहरुलाई पक्राउ गरेको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले मधेसखबरलाई टेलिफोनमा जानकारी दिए । उनले प्रहरीको यो रवैया निन्दनीय रहेकोपनि बतााए । लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा आफना असहमति र अभिव्यक्ति राख्ने हरेक नागरिकको अधिकार भएपनि प्रहरीले वीरगन्जमा देखाएको रवैया निन्दनीय रहेको भन्दै आपत्तिपनि जनाए ।

 

Related posts

माओवादी बैठक : राष्ट्रपति बारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

MadhesKhabar

कांग्रेसमा रुपान्तरण पक्षधर नेताहरुले वीरगन्ज आएर भने : नेतृत्व सच्चिएन भने परिवर्तन गर्छाै

MadhesKhabar

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

Leave a Comment