वीरगन्ज,७मंसिरःवीरगन्जमा शुक्रबार गरिमा विकास बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।बैंकको १८औं वार्षिक साधारणसभाको उपलक्ष्यमा वीरगन्ज शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिलासहित ५० जनाले रक्तदान गरेका हुन् ।
यसअघि वार्षिक साधरणसभाको प्रमुख अतिथीका रुपमा उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले गरिमा विकास बैंकले वार्षिक साधरणसभाकै दिन रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद दिए ।समाजिक कार्यमा हातोमालो गरि अगाडि बढेकोमा बैंकको प्रशंसा गर्दै उनले सेवा प्रवाहलाई अझ सरल र सहज बनाउन सुझावपनि दिए ।
गरिमा बिकास बैंकका शाखा प्रबन्धक राजिव कुमारको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रबन्धक दयाकान्त साह, उद्योगपति मुरलीधर रुगंटा,नेपाल पत्रकार महासंग पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकोपनि उपस्थिती थियो ।

