Madhes Khabar
समाज

रामनवमीको अवसरमा एसएसबीले रक्सौलमा आयोजना गरेको कार्यक्रममा २२ जनाले गरे रगतदान

वीरगन्ज,२६चैतः वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा सीमा सुरक्षा बल (एसएसबी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रामनवमीको उपलक्ष्यमा रक्सौलस्थित एसएसबीको कोर अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रगतदान गरेका छन् । कार्यक्रममा एसएसबीका कायममुकायम कमाण्डेन्ट अगाले प्रियदर्शन अरुणसहित २२ जनाले रगतदान गरेका हुन् ।

भारतीय रेडक्रस सोसाइटी मोतिहारीसँगको सहकार्यमा उक्त रक्तदान कार्यक्रम अहायोजना गरिएको एसएसबीले जनाएको छ ।

त्यसैगरी एसएसबीले निशुल्क स्वास्थ्य शिविर र भेटेरिनरी शिविरपनि आयोजना गरेको छ । उक्त शिविरमा भारतीय रेडक्रस सोसाइटी मोतिहारीका डाक्टर अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव, सहायक प्राविधिक विनोदकुमार श्रीवास्तव, डाक्टर प्रतीक रञ्जन लगायतकोपनि सहभागीता थियो ।

Related posts

पर्साको सखुवा प्रसौनीमा विधुतको सुरक्षित प्रयोगबारे सन्देशमुलक ‘सडक नाटक’ प्रदर्शन

MadhesKhabar

स्वर्गीय पत्रकार नरेश सर्राफकी छोरीलाई वीरगन्ज महानगरले दियो पाँच लाख

MadhesKhabar

कलैयामा एम्बुलेन्स चालक संघको कार्यक्रममा ३५ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment