Madhes Khabar
समाज

रामनवमीको अवसरमा एसएसबीले रक्सौलमा आयोजना गरेको कार्यक्रममा २२ जनाले गरे रगतदान

वीरगन्ज,२६चैतः वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा सीमा सुरक्षा बल (एसएसबी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रामनवमीको उपलक्ष्यमा रक्सौलस्थित एसएसबीको कोर अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रगतदान गरेका छन् । कार्यक्रममा एसएसबीका कायममुकायम कमाण्डेन्ट अगाले प्रियदर्शन अरुणसहित २२ जनाले रगतदान गरेका हुन् ।

भारतीय रेडक्रस सोसाइटी मोतिहारीसँगको सहकार्यमा उक्त रक्तदान कार्यक्रम अहायोजना गरिएको एसएसबीले जनाएको छ ।

त्यसैगरी एसएसबीले निशुल्क स्वास्थ्य शिविर र भेटेरिनरी शिविरपनि आयोजना गरेको छ । उक्त शिविरमा भारतीय रेडक्रस सोसाइटी मोतिहारीका डाक्टर अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव, सहायक प्राविधिक विनोदकुमार श्रीवास्तव, डाक्टर प्रतीक रञ्जन लगायतकोपनि सहभागीता थियो ।

Related posts

राउण्ड टेबल नेपालको अध्यक्षमा नितेश अग्रवाल

MadhesKhabar

वीरगंजमा शनिवार भएको कार्यक्रममा १ सय १ जनाद्वारा रगतदान

MadhesKhabar

पर्साको सेढवामा शिप विकास तालिम सम्पन्न

MadhesKhabar

Leave a Comment