Madhes Khabar
समाज

पर्साको सेढवामा शिप विकास तालिम सम्पन्न

मधेशखबर
बैशाख २८, २०७९

पर्साको जिराभवानी गाउँपालिकाको सेढवामा शिप विकास तालिम सम्पन्न भएको छ । ग्लोबल आइृएई लघुवित्त वितिय संस्था सेढवा शाखा कार्यालयले शिप विकास तालिम अन्तर्गत मैनबत्ती तालिम सम्पन्न गरेको हो । पर्साको सेढवा २ पशु सेवा केन्द्रमा संस्थाले गाउँका ३५ जना महिलाहरुलाई मैनवत्ती बनाउने तालिम र शिप विकास तालिम प्रदान गरेको संस्थाका राजिव मेहताले जानकारी दिएका छन् । संस्थाका सेढवा शाखा प्रमुख उमाकान्त कुमार दासको अध्यक्षता तथा संस्थाका अनुगमन प्रमुख विशेस्वर शर्माको प्रमुख आथित्यतामा भएको उतm तालिम महिलाहरुलाई आत्मनिर्भर गरी आयआर्जन गराउने उद्दृश्यले संचालन गरीएको मेहताले बताए । तालिममा शाखाका रंगपुर टाडी प्रमुख अमनुल्लाह सिसद्धिकी , धिरज चौधरी , धिरेन्द्र कुमार कर्ण , रामस्नेही यादव ,रंजन पंडीत लगायतको उपस्थिती रहेको थियो ।

Related posts

उपकार सेवा नेपालद्वारा वीरगन्जका एक पुरुषलाई ह्वील चेयर सहयोग

MadhesKhabar

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

MadhesKhabar

बाराकाे चिलझपटीमा आगलागीकाे घटना भएलगत्तै पिडितहरुलाई पुर्वमन्त्री साेनलले गरे खाद्यान्न सहयाेग

MadhesKhabar

Leave a Comment