Madhes Khabar
समाज

बाराकाे चिलझपटीमा आगलागीकाे घटना भएलगत्तै पिडितहरुलाई पुर्वमन्त्री साेनलले गरे खाद्यान्न सहयाेग

वीरगन्ज,२०बैशाख:बाराकाे फेटा गाँउपालिका वडा नम्बर १ चिलझपटी गाँउमा बिहीबार भएकाे आगलागीबाट बिचल्लीमा परेका चार परिवारलाई पूर्वमन्त्री जितेन्द्र साेनलले राहत सहयोग गरेका छन् ।
चिलझपटी गाँउमा बिहीबार भएकाे आगलागीबाट स्थानीयका चार वटा घर जलेर नष्ट भएको थियाे।घर जलेर नष्ट हुदाँ मेलाल ठाकुर,सुदर्शन ठाकुर,बुधियादेवी हजामिन र श्रिलाल पटेलकाे परिवार बिचल्लीमा परेका छन्।
आगलागीबाट चार परिवार बिचल्लीमा परेकाे खबर थाहा पाए लगत्तै लाेसपाका मधेस प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य समेत रहेका साेनलले बिहीबार नै साँझ चिलझपटी गाँउमै पुगेर उनिहरुलाई तत्कालकाे राहतका लागि चामल,दाल लगायतका खाद्यान्न सहयाेग गरेका हुन्।
घरबार बेगर बनेका उनिहरुकाे बास व्यवस्थापनका लागि पनि पहल गर्ने साेनलले आश्वासन दिएकाे लाेसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए।

Related posts

वीरगन्जको पिपरामा ग्यालेक्सी युथ क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

MadhesKhabar

पर्साकाे सखुवा प्रसौनी गाउँपालिकामा दलित दबाब समूह गठन

MadhesKhabar

वीरगन्जको बसडिल्वामा दलितका लागि सामुदायिक भवन निर्माणको काम सुरु

MadhesKhabar

Leave a Comment