Madhes Khabar
समाज

बारामा ५६ वर्षिया महिलालाइ सामुहिक बलात्कार गर्ने दुइ बालक पक्राउ

मधेसखबर
वीरगन्ज,३१ असार : बारामा ५६ वर्षकी एक महिलालाइ सामुहिक बलात्कार गरेको आरोपमा दुइ जना बालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाका १५ र १७ वर्षका दुइ बालक रहेका छन् ।

प्रहरीका अनुसार , यहि असार २५ गते राति आफनै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षिया महिलालाइ ती दुवै बालकले रातिकोे ११ बजे सामुहिक रुपमा पालै पालो बलात्कार गरेका थिए ।

घटना बारे पिडित महिलाले प्रहरीलाइ जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै बालकलाइ पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ गरिएका दुवै बालकलाइ जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखिएको उनले बताए । दुवै बालक विरुद्ध जबरजस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

 

Related posts

अलौकाे यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ पर्साको आपत्ती

MadhesKhabar

नेपाल ब्युटिसियन संघ पर्साको २१ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान

MadhesKhabar

वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आँखा शिविरबाट १४० जना लाभान्वित

MadhesKhabar

Leave a Comment