Madhes Khabar
समाज

अलौकाे यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ पर्साको आपत्ती

वीरगन्ज, ५ चैत: वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

आइतवार राष्ट्रिय दलित पत्रकार संघ पर्साले एक प्रेस विज्ञप्ती जारी गर्दै अलौमा यही चैत ८ गतेदेखि हुने शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरिएको घटनाको भत्सर्ना गरेको हो ।

संविधानले नै छुवाछुत र भेदभावजन्य गतिविधिलाई अपराध मानेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु खेदजनक भएको संघका अध्यक्ष श्याम पासवान र सचिव सूर्यनारायण वि.क.द्वारा सयुँक्त रुपमा जारी विज्ञप्तमा भनिएको छ ।

महायज्ञका लागि त्याहाँका दलित समुदायले दिन खोजेको चन्दा पनि लिन अस्विकार गर्नु र उनीहरुलाई महायज्ञमा समावेश नगराउन गैरकानुनी भएको हुँदा घटनालाई गम्भिरताका साथ लिई भेदभाव गर्नेलाई कानुनबमोजिम कारवाही गर्न पनि संघले विज्ञप्तीमार्फत माग गरेको छ ।

यज्ञ आयाेजक समितिकै सदस्यले बरु जेल जान तयार हुने तर महायज्ञमा दलित समुदायलाई बस्न नदिने अभिव्यक्ति दिएकाले ती व्यक्तिलाई कारबाहीकाे दायरामा नल्याउँदासम्म यस्ता विभेदजन्य घटना भइरहने संघको ठहर छ ।

महायज्ञमा दलित समुदायलाई समावेश नगराए संघले पनि कडा रुपमा आन्दोलन गर्ने विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

Related posts

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

MadhesKhabar

श्रीमानले खुट्टा काटिदिएको पीडित महिलासंग अस्पताल मै पुगेर रास्वपा सांसद कानुले गरे भेट, उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता

MadhesKhabar

वीरगन्जमा टिपरले चुडाँलेको बिजुलीको तारले करेन्ट लाग्दा एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment