Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा टिपरले चुडाँलेको बिजुलीको तारले करेन्ट लाग्दा एक जनाको मृत्यु

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : वीरगन्जमा टिपरले चुडाँलेको विजुलीको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी पिडारी घर भएका ४५ वर्षिय नागेन्द्र प्रसाद यादव रहेका छन् । करेन्ट लागेर घाइते भएका वीरगन्ज ममहानगरपालिका वडा नम्बर ३२ चोर्नीका १९ वर्षिय सिकेन्द्र प्रसाद यादवको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार , सोमबार बिहान १० बजेतिर वीरगन्ज २२ ड्राईपोट्र–परवानिपुर सडकखण्ड स्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिएर ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा खसेको थियो ।
त्यसक्रममा करेन्ट लागेर मोटरसाइकल चालक नागेन्द्र र त्यसमा सवार सिकेन्द्र घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमा नै मृत्यु भएको हो । टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 

Related posts

पर्सामा पर्ने नेपाल–भारत सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन सुरु

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व संकलन

MadhesKhabar

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न मन्त्री यादवले दिए निर्देशन

MadhesKhabar

Leave a Comment