Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा टिपरले चुडाँलेको बिजुलीको तारले करेन्ट लाग्दा एक जनाको मृत्यु

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : वीरगन्जमा टिपरले चुडाँलेको विजुलीको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी पिडारी घर भएका ४५ वर्षिय नागेन्द्र प्रसाद यादव रहेका छन् । करेन्ट लागेर घाइते भएका वीरगन्ज ममहानगरपालिका वडा नम्बर ३२ चोर्नीका १९ वर्षिय सिकेन्द्र प्रसाद यादवको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार , सोमबार बिहान १० बजेतिर वीरगन्ज २२ ड्राईपोट्र–परवानिपुर सडकखण्ड स्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिएर ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा खसेको थियो ।
त्यसक्रममा करेन्ट लागेर मोटरसाइकल चालक नागेन्द्र र त्यसमा सवार सिकेन्द्र घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमा नै मृत्यु भएको हो । टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 

Related posts

पर्साको बिन्दवासिनीमा दलित र विपन्नको आवास निर्माणमा अनियमितता गरिएको भन्दै प्रदर्शन

MadhesKhabar

शीतलहर बढेसंगै वीरगन्ज महानगरद्वारा  सार्वजनिक स्थानहरुमा आगाे ताप्न दाउरा वितरण 

MadhesKhabar

वीरगन्जमा साउथ सिटी हिमाल हस्पिटलको कार्यक्रममा ४१ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment