Madhes Khabar
समाज

डुमरवानाका बिद्यार्थीलाई ‘हियरिङ एड’ सहयोग

बारा,१४कार्तिक:बाराको डुमरवानास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका श्रवण दृष्टिबिहिन विद्यार्थीलाई जनजागरण युवा क्लब (जेजेवाइसी) कलैयाले ‘हियरिङ एड’ सहयोग गरेको छ ।

भिएसओको आर्थिक सहयोगमा संचालित सहयात्रा परियोजना अन्तर्गत जेजेवाइसीले विद्यार्थीहरुका लागि विभिन्न सहयोग गर्ने क्रममा दृष्टिबिहिन एवं सुस्त श्रवण शक्ति भएका विद्यार्थी अरुण कुमार चौधरीलाई हिएयरिङ एड उपलब्ध गराएको हो ।

प्रेरणा नेपालका अपाङ्गता तथा समावेशीकरण संयोजक राजु लामाले विद्यालयमै पुगेर चाैधरीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । बारागढी गाउँपालिका १ का विद्यार्थी चौधरी नेरामावी डुमरवानाको दृष्टिविहीन छात्राबासमा बसेर कक्षा ५ मा अध्ययनरत छन् ।

श्रवण दृष्टिविहीन विद्यार्थी चौधरीलाई यन्त्र हस्तान्तरण गर्नु अघि प्रेरणा नेपालका अपाङ्गता तथा समावेशीकरण संयोजक लामाकै पहलमा कान रोग विशेषज्ञ चिकीत्सकद्वारा परिक्षण तथा उपचार गरी चिकीत्सककै परामर्श अनुरुपको यन्त्र हस्तान्तरण गरिएको हो ।

श्रवण शक्ति समेत कमजोर हुँदै गएपछि समस्यामा परेका दृष्टिविहीन विद्यार्थी चौधरीले जेजेवाइसीको सहयोगले आँफूलाई पठनपाठनमा सहज हुने भन्दै कृतज्ञता ब्यक्त गरे । जेजेवाइसीले यस अघि पनि नेरामावि डुमरवानाका विद्यार्थीहरुलाई पाठ्य सामग्री तथा विभिन्न भौतिक सामग्रीहरु सहयोग गर्दै आएको विद्यालयले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरदचन्द्र भट्टराई, सहायक प्रधानाध्यापक पंकज विश्वकर्मा, दृष्टिबिहिन श्रोत शिक्षक प्रीति साह, आनन्दी प्रसाद चौधरी, मिरा चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जको ब्लड बैंकमा सफ्टवेयर र मोबाइल एप सञ्चालन

MadhesKhabar

लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा वीरगन्जकाे कपडा बैंकलाई कपडा हस्तान्तरण

MadhesKhabar

पर्साको बडनिहारमा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment