Madhes Khabar
समाज स्वास्थ्य

नेशनल मेडिकल कलेजमा आयोजित कार्यक्रममा १५७ जनाले गरे रगतदान

वीरगन्ज,१२असोज : वीरगन्जमा शुक्रबार कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेशनल मेडिकल कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३३ महिलासहित १५७ जनाले रगतदान गरेको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए ।

नेशनल मेडिकल कलेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण नागरिक, कलेजमा अध्ययनरत विद्यार्थी , चिकित्सक र सहकारी संस्थाका कर्मचारीहरूले रगतदान गरेका हुन् ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेशनल मेडिकल कलेजका अध्यक्ष डाक्टर जैनुदिन अन्सारीले अमूल्य जीवन बचाउन रक्तदान कार्यक्रममा सहभागी भई रगतदान गर्नेहरुलाई धन्यवाद दिए । रक्तदान एउटा निःस्वार्थ समाज सेवा रहेको भन्दै उनले यसले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने र मनमा ठूलो सन्तुष्टि दिनेपनि बताए ।

रक्तदान कार्यक्रममा कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका महासचिव तथा नेशनल मेडिकल कलेजका मार्केटिङ डाइरेक्टर सहनवाज अंसारी , नेशनल मेडिकल कलेजका एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहान अंसारी , हस्पिटलका डाइरेक्टर डा. इसरत जहान अंसारी , भ्वाइस प्रिन्सिपल रवि शंकर गुप्ता लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा कर्ण कायस्थ महिला समाजद्वारा महिलाहरुलाई सिलाई मेशिन सहयोग

MadhesKhabar

गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा ४२ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज फ्रेन्डस राउण्ड टेबलले आयोजना गरेको कार्यक्रममा २८ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment