Madhes Khabar
समाज

वीरगन्जमा कर्ण कायस्थ महिला समाजद्वारा महिलाहरुलाई सिलाई मेशिन सहयोग

वीरगन्ज,३१जेठःकर्ण कायस्थ महिला समाज वीरगन्जले न्यून आय भएका दुई जना महिलालाई जिविकोपार्जनका लागि सिलाई मेशिन सहयोग गरेको छ ।

वीरगन्ज–१ शिशोबारीमा शनिबार आयोजित कार्यक्रममा समाजका तर्फबाट चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दासले शिशोबारीकै कल्पना कुमारी र सुलोचना देवीलाई एक एक थाान सिलाई मेशिन हस्तान्तरण गरेका हुन् ।

कर्ण कायस्थ महिला समाज वीरगन्जकी अध्यक्ष सविता कर्णको अध्यक्षतामा भएको कार्यक्रममा महिला समाजकी केन्द्रीय अध्यक्ष पुनम दासले न्युन आय भएका महिलालाई स्वरोजगार बनाउनका लागि सिलाई मेशिन प्रदान गरिएको र अगामी दिनमा महिलालाई अझ बढी संशक्तिकरण गर्न आयमुलक तालिम सन्चालन गरिने बताइन् ।चित्रगुप्त युवा समिति शिशोवारीका राजिव कुमार कर्णले महिलालाई उद्यमशील बनाउनुपर्नेमा जोड दिए ।

Related posts

सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

MadhesKhabar

पर्सामा १३ बर्षिया दलित बालिकामाथि बलात्कार, प्रहरीले जाहेरी दर्ता नगरेको पिडितको गुनासो

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रमद्वारा ८ वर्षमा २ सय ९२ जनाको उद्धार

MadhesKhabar

Leave a Comment