Madhes Khabar
समाज

वीरगन्जमा कर्ण कायस्थ महिला समाजद्वारा महिलाहरुलाई सिलाई मेशिन सहयोग

वीरगन्ज,३१जेठःकर्ण कायस्थ महिला समाज वीरगन्जले न्यून आय भएका दुई जना महिलालाई जिविकोपार्जनका लागि सिलाई मेशिन सहयोग गरेको छ ।

वीरगन्ज–१ शिशोबारीमा शनिबार आयोजित कार्यक्रममा समाजका तर्फबाट चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दासले शिशोबारीकै कल्पना कुमारी र सुलोचना देवीलाई एक एक थाान सिलाई मेशिन हस्तान्तरण गरेका हुन् ।

कर्ण कायस्थ महिला समाज वीरगन्जकी अध्यक्ष सविता कर्णको अध्यक्षतामा भएको कार्यक्रममा महिला समाजकी केन्द्रीय अध्यक्ष पुनम दासले न्युन आय भएका महिलालाई स्वरोजगार बनाउनका लागि सिलाई मेशिन प्रदान गरिएको र अगामी दिनमा महिलालाई अझ बढी संशक्तिकरण गर्न आयमुलक तालिम सन्चालन गरिने बताइन् ।चित्रगुप्त युवा समिति शिशोवारीका राजिव कुमार कर्णले महिलालाई उद्यमशील बनाउनुपर्नेमा जोड दिए ।

Related posts

पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

MadhesKhabar

बारामा चार वर्षिया नाबालिकालाइ बलात्कार गर्ने पाख्रीन पक्राउ

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment