Madhes Khabar
समाज हेडलाइन

पर्सामा १३ बर्षिया दलित बालिकामाथि बलात्कार, प्रहरीले जाहेरी दर्ता नगरेको पिडितको गुनासो

पिडित भनिएकी बालिका र उनका बुबा । तस्बिर : क्रान्ति शाह,वीरगन्ज

वीरगन्ज,२९बैशाखःपर्सामा १३ बर्षकी एक दलित बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ३ हरिहपुर वीर्ताकी १३ बर्षिया बालिकालाई उनकै छिमेकका ५० बर्षिय बनारसी महतो केवटले बैशाख २२ गते शनिबार राति बलात्कार गरेको घटना शनिबार सार्वजनिक भएको हो ।

बैशाख २२ गते राति ११.३०बजेतरि आफनै आंगनमा रहेको चापाकलमा पानी लिन घरबाट बाहिर निस्किएका बेला छिमेकका केवटले मुख थुनेर बाँसघारीमा लगेर नशालु पदार्थ सुंघाएर बेहोश बनाई बलात्कार गरेको पिडित भनिएकी बालिकाले शनिबार मधेसखबरसंग बताइन् ।

पिडित भनिएकी बालिकाका बुबाका अनुसार, बैशाख २२ गते पानी लिन घरबाहिर निस्किएकी ती बालिकालाई छिमेकका महिलाहरुले बैशाख २३ गते बिहान आइतबार झिसमिसेमा बाँसघारीमा अचेत अवस्थामा देखेर खबर गरेका थिए । उक्त खबर पाएर बाँसघारीमा पुग्दा आफनी छोरी अर्धनग्न अवस्थामा अचेत फेला परेको पिडित भनिएकी बालिकाका बुबाले बताए ।त्यसपछि घरमा ल्याएर घरेलु उपचार गरेको र होश खुलेपछि रुदैं छोरीले आँफुसंग केवटले गरेको दुष्कर्मका बारेमा सविस्तार बताएको उनले जानकारी दिए ।

पिडित भनिएकी बालिकाकाले आफना बुबालाई बताए अनुसार, राति पानी लिन आँगनको चापाकलमा गएका बेला पछाडिबाट आएका केवटले मुख थुनेर बाँसघारीमा लगेका थिए । बाँसघारीमा पुर्यापछि केवटले बालिकाको हात र खुट्टा आफनो गम्छाले बाँधेर मुखमा रुमाल कोचेर करणी गर्न खोज्दा बालिकाले चिच्याएर प्रतिवादपनि गरेकी थिइन् । त्यसपछि केवटले खल्तीबाट नशालु पर्दा निकालेर बालिकाको नाकमा सुँघाएर बेहोश बनाएका थिए ।

घटनाबारे आरोपित केवटको घरमा बैशाख २३ गते बिहान आँफुहरु पुगेर सोधीखोजी गर्दा केवटले आँफुले बलात्कार गरेको स्वीकार गर्दै १ लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्कीपनि दिएको पिडित भनिएकी बालिकाका बुबाले बताए ।उनले भने,‘ केवटले तिमीहरु सानो जातका हौं केहि गर्न सक्दैनौ मलाई । मेरो पहुच ठूलाबडा नेताहरुसंग छ । त्यसैले यदि मेरो कुरा मानेनौं भने तिम्रो छोरीलाई भारतमा लगेर बेचिदिन्छु । अनि तिमीलाईपनि मारेर फालिदन्छिु भनेर धम्क्याए।’

आरोपित केवट पहिल्यैदेखि अपराधिक गतिविधीमा संलग्न व्याक्ति भएको र अपहरण तथा ज्यान मार्ने मुद्धामा १० बर्ष जेल सजाय काटेर छुटेका व्याक्तिपनि भएका कारण उनको डर र लोकलाजका कारणलेपनि एक दुई दिन घटना लुकाएर राखेको पिडित भनिएकी बालिकाका बुबाले बताए । तर आरोपित केवटबाट लगातार धम्की आउन थालेपछि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त लिएर पुगेकोभएपनि प्रहरीले हालसम्म जाहेरी दर्ता नै नगरेको दुखेसोपनि उनले सुनाए ।

उनले भने,‘ अपराधि अहिलेसम्म पक्राउपनि परेको छैन । यता प्रहरीकोमा चार दिनदेखि सधैं धाइरहेको छु तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेको छ।’ उनले प्रहरीले जाहेरी दर्ता गर्नु पर्ने र आफनी छोरीसंग दुष्कर्म गरेका केवटलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने पिडित भनिएकी बालिका र जाहेरी लिएर आउने उनका बुबाको बयान फरक परेकाले प्रहरीले जाहेरी दर्ता नगरेको बताए । स्वास्थ्य परिक्षणका लागि बालिकालाई शुक्रबार नारायणी अस्पतालमा पठाएको भन्दै उनले मधेसखबरसंग भने,‘ परिक्षण रिपोर्ट आएपछिमात्रै त्यसको आधारमा प्रहरीले जाहेरी दर्ता गर्छ ।’

आरोपित भनिएका केवट भने घटना भएकै समयदेखि घर छाडेर फरार रहेको उनले बताए । फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थापाले बताए ।

 

Related posts

रामजानकी मन्दिरकाे प्राण प्रतिष्ठामा सहभागी हुन वीरगन्जबासीलाई मेयर सिंहकाे अनुराेध

MadhesKhabar

पर्सा–बारामा फेसबुकबाटै उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी

MadhesKhabar

अलौकाे यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ पर्साको आपत्ती

MadhesKhabar

Leave a Comment