Madhes Khabar
राजनीति हेडलाइन

पर्साका प्रमोद जयसवाल फेरि बने मन्त्री

वीरगन्ज,२५जेष्ठःपर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका मधेस प्रदेशको खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।

शुक्रबार नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले गठन गरेको मन्त्रीमण्डलमा जयसवालले खेलकुदमन्त्रीको जिम्मा पाएका हुन् । यसअघि जयसवाल, पूर्व मुख्यमन्त्री सरोज यादवको मन्त्रीमण्डलमा शिक्षा तथा संस्कृति मन्त्री थिए ।

गत चैत १० मा तत्कालीन मुख्यमन्त्री यादवले पुर्नगठन गरेको मन्त्रीमण्डलमा जयसवाललाई शिक्षामन्त्रीमा नियुक्त गरिएको थियो ।
जयसवाल, गत निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्रबाट ७ हजार ३९० मतका साथ निर्वाचित भएका थिए । त्यसअघि जसपामा रहेका जयसवाललाई पार्टीले टिकट नदिएपछि उनी काउली चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका थिए । सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष एंव जसपा नेता प्रदीप् जयसवालका सहोदर दाजु समेत रहेका जयसवाल चुनाव जितेपछि जसपामा प्रवेश गरेको समाचार प्रकाशित भएको थियो ।तर गत चैतमा शिक्षामन्त्री बन्ने बेला उनी एमालेमा प्रवेश गरेर मन्त्री पद पड्काउन सफल भएका थिए ।

Related posts

अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा वीरगन्ज महानरगरले गर्यो सिलबन्दी

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायाे थ्रेसहाेल्ड

MadhesKhabar

Leave a Comment