Madhes Khabar
समाज

गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा ४२ जनाले गरे रक्तदान

वीरगन्ज,११असारःवीरगन्जमा गहवामाई तीर्थ क्षेत्र विकास समितिले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । असार १३ गतेका दिन वीरगन्जमा निकालिन लागिएको गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा बुधबार गहवामार्ई मन्दिर अगाडि आयोजना गरिएको आकस्मिक क्तदान कार्यक्रममा ४ जना महिलासहित ४२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्ने व्यक्तिहरूमा वन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सुनिता गुप्ता, शम्भु साह, रविकुमार गुप्ता, अजय राउत, विवेक कुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियार लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

गर्मीका कारण नियमित रक्तदाताहरूमा आएको कमीलाई मध्यनजर गर्दै गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।

पोखरेलकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल,समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव,रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभ राज पाण्डे लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

भारतीय आर्केष्टाबाट चार नेपाली युवा युवतीलाई उद्दार गरेर वीरगन्ज ल्याइयाे

MadhesKhabar

मानवसेवा आश्रम अभिभावक परिवार पर्साको संयोजकमा हरि गौतम

MadhesKhabar

वीरगन्जमा आयोजित कार्यक्रममा २७ जनाद्धारा रगत दान

MadhesKhabar

Leave a Comment