Madhes Khabar
समाज

मानवसेवा आश्रम अभिभावक परिवार पर्साको संयोजकमा हरि गौतम

वीरगन्ज,३साउनःमानवसेवा आश्रम अभिभावक परिवार पर्साको संयोजकमा हरि गौतम चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले वीरगन्ज गौतमको संयोजकत्वमा मानवसेवा आश्रम अभिभावक परिवार पर्साको १५ सदस्यिय कार्यसमिति पुर्नगठन गरेको हो । गौतम,वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

यस्तै सहसंयोजकमा प्रकाश थारु र मिनाक्षी गुप्ता तथा सदस्य सचिवमा पर्सा जिल्ला संयोजक मुना पुलामी रहेकी छन् ।ससदस्यमा गणेश लाठ (अक्षयकोष प्रवद्र्धन), मुकेश खेतान (भोजनसेवा प्रवद्र्धन), रम्भा मिश्रा (जनसम्पर्क प्रवद्र्धन), सरोज प्रसाद चौधरी (तालिम तथा कार्यक्रम), प्रकाश अमात्य (खरिद समन्वय), उमेश गुप्ता (स्थानीय तह समन्वय), ओम कुमार झा (उद्धार तथा पारिवारिक पुनर्मिलन),ूुतन सरावगी (जिन्सी सामग्री सहयोग प्रवद्र्धन), कमल चौगाई (मासिक योगदान प्रबद्र्धन), प्रकाश खण्डेलवाल (औषधी उपचार प्रवद्र्धन) चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि एवं मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रम पर्सा शाखाको स्थापनाकै समयदेखी आश्रमलाई तन, मन र धनको त्रिवेणीबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक परिवार सदस्यहरुलाई धन्यबाद ज्ञापन गरे। ।कार्यक्रमको सञ्चालन मानवसेवा आश्रमका केन्द्रीय सचिव एवं मधेस प्रदेश प्रमुख सुमन बर्तौलाले गरेका थिए ।

यसै भेलाले मानवसेवा आश्रम पर्साका संस्थापक अभिभावक परिवार संयोजक समेत रहेका प्रा.डा दिपक शाक्य, समाजसेवी सञ्जय खेतान, वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, प्रदेश सभा सदस्य रमेश कुर्मी र प्रतिनिधि सभा सदस्य माननीय विना जैसवाललाई मानवसेवा आश्रम पर्सा शाखाको संरक्षकमा मनोनयन गरेको छ ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यता तथा अभिभावक प्राध्यापक डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भेलाले समिति पुनर्गठन गरेको मानव सेवा आश्रमका संयोजक देवेश गुप्ता मानव सेवाले जानकारी दिए ।

Related posts

वीरगन्जमा ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर सहयोग

MadhesKhabar

पोखरीयामा १४ वटा बढि मतपत्र भेटिए पछि विवाद

MadhesKhabar

वीरगन्ज–११ मुर्लीका अपांगता भएका व्याक्तिलाई ह्वील चेयर सहयोग

MadhesKhabar

Leave a Comment