Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर सहयोग

मधेसखबर
वीरगन्ज ,१४ माघ : वीरगन्जको परोपकारी संस्था उपकार सेवा नेपालले पर्सा र बाराका ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर प्रदान गरेको छ ।

शनिबार वीरगन्जको आदर्शनगर स्थित जैन तेरापन्थ भवनमा आयोजित कार्यक्रममा दुवै जिल्लाका गरि ५४ जना अपाङगता भएका व्याक्तिहरुलाई १÷१ थान ह्वील चेयर प्रदान गरिएको हो ।

आर्थिक रुपमा विपन्न रहेका शारिरिक अपाङगता भएकाहरुलाई जिवनयापनमा असहजता भएपछि उनिहरुलाई वीरगन्जमा बोलाएर उपकार सेवा नेपालले ह्वील चेयर प्रदान गरेको संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले बताइन् ।

जिल्लामा अपाङगता भएका व्याक्तिहरुको संख्या धेरै नै भएपनि आर्थिक रुपमा विपन्न रहेकाहरुलाई छनौट गरि आवश्यकताका आधारमा उनिहरुलाई ह्वील चेयर प्रदान गरिएको उनले बताइन् ।

कार्यक्रममा समाज सेवामा योगदान पुरयाउने युवा अभियन्ता ओमप्रकाश सर्राफ सहितका व्याक्तिहरुलाई संस्थाको तर्फबाट कदरपत्रले सम्मानित पनि गरिएको थियो ।

संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीको अध्यक्षता तथा वरिष्ठ उद्योगपति बाबुलाल चाचानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योगी अशोक वैद्य , सामाजिक अभियन्ताहरु प्रकाश थारु र अनिषकान्त कुशवाहा , संस्थाका सदस्यहरु सज्जन अग्रवाल , सुमन बगेडिया लगायतको पनि सहभागिता थियो ।

Related posts

घणटघरकाे बत्ती चाेरी भएपछि मेयर सिंहले भने- मसंग कसैकाे रिस छ भने ममाथि नै उतारे हुन्छ

MadhesKhabar

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

MadhesKhabar

वीरगन्जबासीको पर्वका रुपमा स्थापित हुदैं ‘गहवामाई रथ यात्रा’ (फोटो फिचर)

MadhesKhabar

Leave a Comment