Madhes Khabar
समाज

पोखरीयामा १४ वटा बढि मतपत्र भेटिए पछि विवाद

पोखरीया १ बनटकवा स्थित मतदान केन्द्रमा काँग्रेसका नेता कार्यकर्ताले विरोध गर्दै

मधेसखबर
वीरगन्ज, ३० बैशाख :
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ बनकटवा मतदान केन्द्रमा मतदान अधिकृतले नै धाँधली गरेको भन्दै विवाद भएको छ ।
बनकटवा स्थित राधाकृष्ण प्रावि मतदान केन्द्रको मतपेटिकामा मतदान अधिकृतले रेजा लगाएको भन्दा बढि संख्यामा मतपत्र खसेको भेटिएपछि विवाद भएको हो ।
मतदान अधिकृत चन्देश्वर चौहानले कुल ५ सय ८८ वटा मतपत्रमा रेजा लगाएको तर मतपेटिकामा भने ६ सय २ वटा मतपत्र खसेको भेटिएको हो ।
मतदान अधिकृतले रेजा लगाएको संख्या भन्दा १४ वटा बढि मतपत्र , मतपेटिकामा खसेको भेटिएपछि काँग्रेसले त्यहा विवाद गरेको हो ।
त्यहा शुक्रबार भएको मतदान रद्ध गरि पुन अर्को निर्वाचन गर्नु पर्ने नेपाली काँग्रेसको माग रहेको छ ।
पोखरीया नगरपालिकामा काँग्रेसका मेयर उम्मेदवार दिपनारायण रौनीयार (मन्टु) र वडा अध्यक्षका उम्मेदवार राजु गिरीले पुन अर्को निर्वाचनको मानग गरेका हुन् ।
तर मुख्य निर्वाचन अधिकृतले भने कहिले काही यस्तो सामान्य त्रुटी भइ हाल्छ भनेर जवाफ दिएपनि आफुहरुले कुनै पनि हालतमा नमान्ने रौनीयारले बताए ।
उनले मतदानको अर्को मिति नतोके सम्म आफुहरुले मतपेटिकाको मुचुल्का हुनै नदिने जिकिर पनि गरे ।

Related posts

कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका र शिवराज बीच अदालतमा मिलापत्र

MadhesKhabar

बारामा एक किशोरीसंग सामुहिक बलात्कार, घटना लुकाउन जबरजस्ति गर्भपतन

MadhesKhabar

जिपि कोइराला फाउण्डेशनले नारायणी अस्पतालमा फलफूल बाड्यो

MadhesKhabar

Leave a Comment