Madhes Khabar
समाज

जिपि कोइराला फाउण्डेशनले नारायणी अस्पतालमा फलफूल बाड्यो

मधेसखबर

वीरगन्ज,१८असार : पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९९ औं जन्मदिवसको  अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले शनिबार वीरगन्जको नारायणी अस्पतालमा विरामीहरुलाइ फलफूल वितरण गरेको छ।

अस्पतालमा भर्ना भइ उपचार गराइ   रहेका १ सय ८५ जना बिरामीलाई फलफूल बितरण गरिएको फाउण्डेशन पर्साका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए ।

फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा  भएको फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ ,जिल्ला सभापति जनार्धन सिंह क्षेत्री ,उपसभापति अशोक साह कानु, महाधिबेशन प्रतिनिधिहरू श्याम पटेल,दीना प्रसाद गुप्ता,मिंटू देबि सिंह,  क्षेत्रीय सभापति अरबिन्द गुप्ता ,पूर्व जिल्ला सह सचिव रोशन लामीछने , नेताहरु श्याम पोखरेल,धुर्व नेपाल,संतोषी देवि खतिवड़ा,रूपा श्रेष्ठ,नगर उपसभापति संतोष गुप्ता, सहसचिव दीपक कुमार साह कानु, फाउण्डेशनका सदस्य हरिंद्र यादव,जितेंद्र सिंह,प्रीति सिंह, निजामती कर्मचारी संघका प्रदेश सचिव गौरी शंकर गुप्ता लगायतका नेता कार्यकर्तहरुको सहभागिता रहेको  फाउण्डेशनका सचिव धीरज गुप्ताले जानकारी दिए ।

Related posts

लागु पदार्थ विरुद्धको दिवसको अवसरमा सानो पाइलाको ७ दिने अभियान

MadhesKhabar

वीरगन्ज कारागारकाे विद्यालयका बालबालिकालाई जुत्ता ,कापीकलम र जुस वितरण

MadhesKhabar

बिपन्न परिवारलाई विवाह खर्चका लागि वडाध्यक्ष मुखियाले गरे खाद्य सामग्री सहयोग

MadhesKhabar

Leave a Comment