वीरगन्ज,७माघ:साहिब दरबार वीरगन्ज नेपालले वीरगन्ज महानगरपालिकाकाे ग्रामीण भेगका वठाहरुमा २०५ जनालाई कम्बल वितरण गरेकाे छ।
वीरगन्ज महानगरपालिकाकाे सहयाेगमा साहिब दरबारले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलाैं र वडा नम्बर २७ दरदरवामा गरिब,एकल महिला र ज्येष्ठ नागरिक गरी २०५ जनालाई कम्बल वितरण गरिएको साहिब दरबार वीरगन्ज नेपालका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए।
कम्बल वितरण कार्यक्रममा साहिब दरबार वीरगन्जकि अभिभावक अन्नपूर्णा मानन्धर,प्रेमबाबु पटेल,संगिता दास,बरकतुन नेशा,हफिज मियाँ,सुशील पटेल,अनवर मियाँ,अख्तर मियाँ लगायतकाकाेपनि उपस्थिति थियाे।

