Madhes Khabar
समाज हेडलाइन

पर्साकाे बडेर्वामा १५० ज्येष्ठ नागरिकलाई कम्बल र चवनप्रास वितरण

मधेसखबर
वीरगन्ज ,१४ माघ :पर्साको पर्सागढी नगरपालिकाका वडा नम्बर ९ का ज्येष्ठ नागरिकहरुलाई कम्बल र चवनप्रास वितरण गरिएकाे छ ।

वडा नम्बर ९ बडेर्वामा आयाेजित कार्यक्रममा ७० वर्ष उमेर नाघेका १५० जना वृद्धवृद्धालाई जनही एक एक थान कम्बल र चवनप्रास वितरण गरिएको हाे । कार्यक्रममा वडा कार्यालयकाे बजेटबाट खरिद गरिएको कम्बल र चवनप्रास पूर्व वनमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वृद्धवृद्धालाई हस्तान्तरण गरेका हुन् ।

वडा नम्बर ९ का वडा अध्यक्ष राम बढाई यादवकाे अध्यक्षता तथा सांसद यादवकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई , कार्यपालिका सदस्य अस्लम आलम, वडा नम्बर ४ का वडा अध्यक्ष खुर्शेद आलम लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

MadhesKhabar

पत्रकार स्व.सरार्फको प्रथम स्मृती सभा सम्पन्न

MadhesKhabar

गढीमाई मन्दिर परिसरमा तयार हुदैं भव्य विवाहमण्डप एंव धर्मशाला

MadhesKhabar

Leave a Comment