Madhes Khabar
समाज

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको परिसरमा रोपियो फलफुलका विरुवा

वीरगन्ज,१९साउनःवीरगन्जस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको परिसरमा वृक्षारोपण गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टको अगुवाइमा कार्यालयको हाताभित्र विभिन्न प्रजातिका फलफूलका ५५ वटा विरुवाहरू रोपिएको हो ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको विशेष सहयोगमा वृक्षारोपण गरिएको ट्राफिक प्रहरी निरीक्षक भट्टले बताए।

वातावरण संरक्षणसंगै कार्यालयको सौन्दर्यकरण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको उनले जानकारी दिए । वृक्षारोपणले कार्यालय परिसरलाई हराभरा र आकर्षक बनाउनुका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुर्याउने उदेश्यले वृक्षारोपण गरिएको उनले बताए ।

वृक्षारोपण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल,ट्राफिक प्रहरी लगायतकाको सहभागिता थियो ।

Related posts

सामाजिक सेवामा रोटरी क्लब : ठोरीमा ११ जनालाई ह्वील चेयर सहयोग

MadhesKhabar

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

MadhesKhabar

एनप्याब्सनले दायर गरेको रिट खारेज, स्तर तथा शुल्क निर्धारण कार्यान्वयनको बाटो खुल्यो

MadhesKhabar

Leave a Comment