
मधेसखबर
वीरगन्ज, २८ माघ : पर्साको ठोरीका अपाङगता भएका ११ जना व्याक्तिलाई एक परोपकारी संंस्थाले ह्वील चेयर प्रदान गरेको छ ।
रोटरी क्लब अफ वीरगन्जले ठोरी गाँउपालिका वडा नम्बर ३ र ४ का अपाङगता भएका ११ जना व्याक्तिलाई एक एक थान ह्वील चेयर प्रदान गरेको हो ।
शनिबार ठोरी गाँउपालिका वडा नम्बर ३ ढुंगेबजार स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतितथी एंव गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र क्लबका अध्यक्ष पियुष गुप्ताले अपाङगता भएका व्याक्तिहरुलाई ह्वील चेयर हस्तान्तरण गरे ।
क्लबका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष शम्भु खड्का , वडा नम्बर ४ का वडाध्यक्ष मान बहादुर थिङ, सामाजिक अभियन्ता प्रकाश थारु , रोटरी क्लब अफ वीरगन्जका पुर्वअध्यक्ष अभिषेक चौधरी , ज्वाइन्ट सेक्रेटरी राजेन्द्र चौधरी लगायतको पनि उपस्थिती थियो ।

