वीरगन्ज,२३कात्तिकःवीरगन्जस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई वीरगन्जका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर)हरुले भोजन गराएका छन् ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालले आइतबार बिहानको भोजन गराएका हुन् ।
त्यसअवसरमा मानवसेवा आश्रम वीरगन्ज शाखाका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगरका साथै सामाजिक अभियन्ताहरूको उपस्थिति थियो ।

