Madhes Khabar
समाज

बारामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,२०फागुन : बारामा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा एक भारतीय सहित दुई जनाको मृत्यु भएको छ ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ हनुमान मन्दिर स्थित सडकमा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री कलैया ९ रामपुरका ३५ वर्षिय रहिम अन्सारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका अन्सारीको वीरगन्ज स्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक कलैया १४ का २५ वर्षिय सागर चौधरीलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

यस्तै बाराकै सुवर्ण गाँउपालिका वडा नम्बर ६ धरमपुरमा फागुन १५ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भारतीय नागरिकको पनि उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत बिहारको छौडादानो घर भएका २७ वर्षिय भैयाराम साह रहेका छन् ।

फागुन १५ गते राति भारतबाट बाराको जोलगावा तर्फ आउदै गरेको बीआर ०५ एजी १२८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा मोटरसाइकल चालक भैयाराम र त्यसमा सवार छौडादानाकै ३४ वर्षिय सन्देश साह घाइते भएका थिए । दुवैको प्रसौनी स्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शनिबार भैयरामको मृत्यु भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

 

 

 

Related posts

बेलवामा साहिब दरबारद्धारा आयोजित निःशुल्क आँखा शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

बाराकाे जीतपुरबाट १० दिनदेखि बेपत्ता बालक अंश वीरगन्जको खाेलामा मृत अवस्थामा भेटिए

MadhesKhabar

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

MadhesKhabar

Leave a Comment