Madhes Khabar
समाज

जनयुद्ध दिवसमा वाइसियलद्वारा वीरगन्जको मानव सेवा आश्रममा फलफूल वितरण

वीरगन्ज,१फाल्गुन : माओवादी जनयुद्ध दिवसको अवसरमा योङ्ग कम्युनिष्ट लिग (वाइसियल) ले वीरगन्जस्थित मानव सेवा आश्रममा फलफुल वितरण गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसरमा वाइसियल पर्साले मानव सेवा आश्रम वीरगन्ज शाखाको संरक्षणमा रहेका असहाय र असक्तहरुलाई फलफुल वितरण गरेको हो ।

मंगलबार वाइसियल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको नेतृत्वमा वाइसियलका नेता कार्यकर्ताहरुले मानव सेवा आश्रममै पुगेर त्यहा रहेका असहाय र असक्तहरुलाई सुन्तला, केरा , अंगुर लगायतका फलफुल वितरण गरेका हुन् ।

माओवादी जनयुद्धको सुरुवात गरिएको २९ औं वर्ष पुगेको अवसरमा पार्टी र भातृ संगठनहरुले देशभर विभिन्न कार्यक्रम मनाइरहेका बेला वाइसियल पर्साले सामाजिक सेवा गर्ने उदेश्यले मानव सेवा आश्रम वीरगन्ज शाखामा पुगेर त्यहाँ रहेका बृद्धबृद्धा,असहाय, असक्तहरुलाई फलफुल प्रदान गरिएको वाइसियल पर्साका संयोजक पटेलले बताए ।

वीरगन्जस्थित मानव सेवा आश्रममा हाल असहाय,असक्त गरि ६७ जना लक्षमीनारायणहरु रहेको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए ।

Related posts

प्रहरी दिवसका अवसरमा पर्साका धार्मिकस्थलमा सरसफाइ

MadhesKhabar

पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

MadhesKhabar

ठोरीवासीको पिडा : १ सय ५० परिवारका लागि एउटा मात्रै धारा

MadhesKhabar

Leave a Comment