Madhes Khabar
समाज

पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

वीरगन्ज,१२असाेज: फाेक्साेकाे समस्याबाट ग्रसित भई नारायणी अस्पतालमा उपचाररत वीरगन्जका पत्रकार नेहाल खानलाई वीरगन्ज युवा समाजले आर्थिक सहयाेग गरेकाे छ।

नारायणी अस्पतालमा भर्ना भई उपचारत पत्रकार खानलाई वीरगन्ज युवा समाजले २१ हजार रुपैयाँ प्रदान गरेकाे हाे ।

समाजका अध्यक्ष सन्जिव थापासहितकाे टाेलीले बिहीबार अस्पतालमै पुगेर पत्रकार खानलाई २१ हजार रुपैयाँको चेक प्रदान गरेकाे हाे ।

त्यसअवसरमा समाजका सचिव दिवश सिंह ठकुरी, कोषाध्यक्ष मणि हर्ष शाक्य, सहकोषाध्यक्ष अस्मिता गौतम, सदस्यहरु सुशील श्रेष्ठ, विनोद धिमाल र पूर्ण गुरुङ्गकोपनि उपस्थिति रहेको थियो ।

Related posts

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

वीरगन्जकाे श्रीपुरमा युवाहरुकाे पहलमा सफाइ अभियान शुरु

MadhesKhabar

चुरे संरक्षणका लागि मधेसदेखि काठमाडौंको पदयात्रा

MadhesKhabar

Leave a Comment