वीरगन्ज,३० फागुनःवीरगन्ज–४ मा अवस्थित त्रिजुद्ध माध्यमिक विद्यालयको परिसरमा शनिबार वृक्षारोपण गरिएको छ । विश्व सिख वातावरण दिवसको अवसरमा गुरुनानक सेवा प्रतिष्ठान शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा विद्यालय प्रांगणमा सरसफाई गर्नुका साथै वृक्षारोपण पनि गरिएको हो ।
विद्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिपएको प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले जानकारी दिए ।
निम,गसलमोहर,जाकरन्डा,अम्बा,जामुन,अमला,कैसुला,कल्की,कागती,बेगलबेलिया,गन्धराज,मोगरा,पारिजात,इन्द्रकमल,कामिनी प्रजातिका १ सय १ वटा विरुवाहरु रोपिएको उनले बताए ।
सरदार जसपाल सिंहकै अध्यक्षता तथा समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा डा. गणेश अग्रवाल, विधालय व्यवस्थापन समितिका अध्यक्ष रुपेशमान सिंह , प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी ,समाजसेवी प्रकाश उपाध्याय, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,जतिन्दर सिंह ,रुपनारायण सिंह, शिक्षकहरु विनोद स्वर्णकार,प्रेम पटेल,सन्चारकर्मी आकाश पटेलका साथै दृष्टिबिहिन छात्रावासका छात्रछात्राहरु लगायतकोपनि सहभागिता थियो ।

