Madhes Khabar
समाज

ठाकुरराममा स्ववियुद्वारा आयोजित कार्यक्रममा ६१ जनाले गरे रक्तदान

वीरगन्ज,१२जेठःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले क्याम्पस परिसरमै आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ६१ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा नेविसंघका केन्द्रिय सदस्य मुनराज तिवारी , स्ववियु उपसभापति राहुल दास, चन्दन मिश्रा,इम्तियाज हुसेन,अमन पटेल,राजु पटेल,दीपकराज यादव,आलोक सिंह,अरुण कुमार पटेल लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।

स्ववियु सभापति राजकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता अरविन्द गुप्ताको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा क्याम्पस प्रमुख रणजीत यादव ,सहायक क्याम्पस प्रमुख जनता राउत,पूर्वक्याम्पस प्रमुख प्रमोद कुशवाहा र उमेश चौरसिया , बद्री तिवारी,विश्वास रञ्जन द्धिवेदी,त्रिवि कर्मचारी संघका ईकाई सभापति किशोरी चौधरी,गीता श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निराज चौलागाई,ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

पर्साकाे बडेर्वामा १५० ज्येष्ठ नागरिकलाई कम्बल र चवनप्रास वितरण

MadhesKhabar

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

MadhesKhabar

मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवमा ३५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment