Madhes Khabar
समाज

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

वीरगन्ज, २७ जेष्ठ : प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगन्जमा शनिबार बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क सतुवा पानी खुवाइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले घण्टाघर चोकमा शनिबार दिउँसो निःशुल्क सातु र चिसो पानी खुवाएको हो ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर शनिबार घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब ५ सय ५० जनालाई निःशुल्क सातु र चिसो पानी खुवाइएको सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष प्रवेश सर्राफले बताए ।
चनाको सातु चिसो पानीमा घोलेर त्यसमा कागती , प्याज ,हरियो खुर्सानी र मसला मिसाएर खुवाइएको सर्राफले बताए ।

त्यसअवसरमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिदुर सिवाकोटी , ट्राफिक प्रहरी निरीक्षक मणि थापाका साथै सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारका पदाधिकारी र सदस्यहरुकोपनि उपस्थिती रहेको थियो ।

Related posts

पर्साको हरपुरमा आयोजित काार्यक्रममा ३७ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जलाई व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

MadhesKhabar

सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

MadhesKhabar

Leave a Comment