Madhes Khabar
समाज

जगरनाथपुरको दलितबस्तीमा ४५ जना बालबालिकालाई स्वीटर र टोपी वितरण

वीरगन्ज,२५पुसःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ विर्ता टोलका दलित बालबालिकाहरुलाई स्वीटर र टोपी वितरण गरिएको छ ।

जन सेवा नामक सामाजिक संस्थाले विद्यालयमा अध्ययनरत दलितवस्तीका ४५ जना बालबालिकाहरुलाई एक एक थान उनिको स्वीटर र टोपी वितरण गरेको हो ।

वीरगन्जको राज होजियारीले उपलब्ध गराएको स्वीटर र टोपी बिहीबार दलितबस्तीमै पुगेर बालबालिकाहरुलाई वितरण गरिएको जन सेवा नामक संस्थाका संयोजक बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।

त्यसअवसरमा संस्थाकी सदस्य शुभावती देवी,स्थानीय सन्तोष कुमार राम,सरोज प्रसाद रौनियार, शिक्षिका शिवरति देवी राम लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

Related posts

पर्सा फोटोग्राफर एशोसिएसनले छोरीको विहेमा दियो सहयोग

MadhesKhabar

पर्सामा डिभोर्सका घटना चार गुणाले वृद्धि

MadhesKhabar

जानकीटोलकी बालिकालाई ह्वील चेयर सहयोग

MadhesKhabar

Leave a Comment